Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको काँग्रेस सभापति शेरबाहदुर देउवाले १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको नेबिसंघका प्रबक्ता युपी लामिछानेले जानकारी दिनुभयो । 1470472286057_RoS_KTM_160806_IMG_0136

२५ साउन सम्म चल्ने महाधिवेशनले एक अध्यक्ष, १३ उपाध्यक्ष, दुई महामन्त्री, १६ सहमहामन्त्री एक कोषध्यक्षसहित केन्द्रीय कार्यसमिति एक सय ५१ सदस्यीय चयन गर्ने छ । दश वर्षपछि महाधिवेशनमा उत्रिएको नेविसंघमा चुनावी सरगर्मी छाएको छ । लामो समय अधिवेशन नभएका कारण अध्यक्ष लगायतका पदहरुमा उमेदवारहरुको लामै लाइन छ । अध्यक्षमा देउवा पक्षबाट जितजंग बस्नेत, नैनसिंह महर, सरोज थापा, शुभराम बस्नेत र पौडेल पक्षबाट मजोजमणी आचार्य, दीपक भट्टराई, आनन्द त्रिपाटी, नीलकण्ठ रिजाल र सिटौला पक्षबाट कुन्दनराज काफ्लेले दाबी गरिरहेका छन् ।

महाधिवेशन स्थलमा सुरक्षा चुनौती रहेको भन्दै नेपाल प्रहरीले सीसी क्यामेराबाट निगरानी बढाएको छ । चार ठाउँमा सीसीक्यामेर जडान गरिएको छ । हलको बाहिर धेरै गतिविधि हुने स्थानमा सीसीक्यामेरा जडान गरिएको प्रहरीले जनाएको छ ।

महाधिवेशनमा १ करोड ७८ लाख ८० हजार खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा लाग्ने सबैंखर्च पार्टीले नै वेहोर्ने भएकाले चन्दा नउठाएको नेविसंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया