Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

काठमाडौँ – एमालेको प्रदेश कमिटी गठन अलपत्र परेको छ । स्थायी समिति बैठकले पाँच सय नेता–कार्यकर्तालाई प्रदेशमा जिम्मेवारी दिने निर्णय गरे पनि संयोजक चयनमा विवाद देखिएपछि कमिटी गठन अलपत्र परेको हो । स्थायी समितिको ६ असारमा बसेको बैठकले प्रदेश कमिटी गठनको निर्णय गरेको थियो ।

त्यसपछिको बैठकमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूबीच संयोजक चयनमा विवाद भएपछि प्रदेश कमिटीले अझै पूर्णता पाएका छैनन् । प्रदेश संगठन कमिटीको संयोजक र सचिव छनोट गर्न बाँकी छ । संयोजकमा उपाध्यक्षहरू वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलले दाबी गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ११ असारमा बसेको स्थायी समिति बैठकमा उनीहरूले संयोजक दाबी गरेका थिए ।

‘विकास क्षेत्र नरहेपछि उपाध्यक्षहरूले विगतमा जस्तै भूमिका पाउनुपर्छ भन्ने कुरा हामी सबै (उपाध्यक्ष)ले बैठकमा राखेका हौँ,’ उपाध्यक्ष युवराज ज्ञवालीले भन्नुभयो । त्यतिवेला तीन उपाध्यक्ष मात्र नेपालनिकट रहे पनि अहिले गौतमसमेत नेपालसँग नजिकिएका छन् । संस्थापननिकट नेताहरूले सातवटै प्रदेशमा पदाधिकारीमध्ये उपाध्यक्ष, महासचिव र उपमहासचिवलाई अनुगमनकर्ता बनाउन सकिने विकल्पको प्रस्ताव गरेका छन् ।

विकास क्षेत्र हेरिसकेका उपाध्यक्ष घटुवा भएर जानेभन्दा पदाधिकारीहरू सबैले अनुगमनको जिम्मा लिँदा उपयुक्त हुने प्रस्ताव आफूले राखेको सचिव गुरुङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया