Deneme Bonusu Veren Siteler
बुधबार, पौष १०, २०८१
Wednesday, December 25, 2024

भक्तपुर – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन अहिले पनि षडयन्त्र भइरहेको बताउनु भएको छ । शनिबार भक्तपुरको एमाले अनन्तलिङेश्वर नगरपालिका वडा नं. १४ कमिटीले गुण्डुको किवाचोमा आयोजना गरेको प्रशिक्षण एवं पार्टी प्रवेश कार्यक्रममा उहाँले त्यस्तो षडयन्त्रलाई एमालेले चिर्ने बताउनुभयो ।

‘संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र सबै निर्वाचन सम्पन्न गरिसक्नु पर्छ, तर अझै पनि संविधान कार्यानवयन हुन नदिने र निर्वाचन हुन नदिने षडयन्त्र भइरहेको छ, त्यसविरुद्ध एमाले चुप लागेर बस्दैन, त्यस्ता षडयन्त्रलाई एमालेले चिरेर अगाडि बढ्छ ।’

k|lzIf0f Pjd kf6L{ k|j]z sfo{qmd g]skf -Pdfn]_sf pkdxf;lrj lji0f'k|;fb kf}8]n Pdfn] cgGtlnª]Zj/–!$ sld6Ln] u'G8'sf] lsjfrf]df cfof]hgf u/]sf] k|lzIf0f Pjd kf6L{ k|j]z sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

संविधान कार्यानवयन, भूकम्प पीडितको पुर्नस्थापना, आर्थिक संम्बृद्धि र संविधान कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले प्रभावकारी काम गरेको उहाँले चर्चा गनुभयो ।

उहाँले भन्नुभयो, ‘ओली नेतृत्व सरकारले प्रभावकारी काम गर्दा कतिपय पार्टीलाई प्रिय लागेन, जनताले नरुचाएर सरकार ढलेको होइन, जनता र राष्ट्रको नाममा ओली नेतृत्व सरकारले काम गरेकै कारण एमालेलाई सरकारबाट हटाउने षडयन्त्र र दाउँपेच गरियो ।’

नेपालको विकास र सम्बृद्धिका लागि ओली नेतृत्व सरकारले महत्वपूर्ण सन्धी सम्झौता गरेर देशलाई स्वाधिन र स्वाभिमानी मुलुकको रुपमा आधार तयार गरेकाले एमाले अपराजित राजनीतिक शक्तिको रुपमा स्थापित हुने भय अन्य पार्टीलाई उत्पन्न भएकाले सरकार ढाल्ने षडयन्त्र भएको उहाँले जिकिर गर्नुभयो ।

पौडेलले भन्नुभयो, ‘एमाले सदनको अंक गणितमा नभई जनताको विश्वास जितेर अगाडि बढेको पार्टी हो, आगामी निर्वाचनमा एमाले ठूलो पार्टी बनेर जनपक्षिय कामलाई नयाँ ढंगले अगाडि बढाउँछ, अहिले सरकारबाट बाहिरिए पनि जनताले अब आउने निर्वाचनमा एमालेलाई जिताएर सरकारमा स्थापित गराउने छन् ।’

तपाईको प्रतिक्रिया