Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग अर्थमन्त्रालयमा भएको छलफलमा उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

निजी क्षेत्रको नेतृत्वमा मुलुकको आर्थिक विकास प्रक्रियाले गति लिएकाले यही क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष पशुपति मुरारकाका अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले सरकार, निजी क्षेत्र एकअर्काका सहयोगी भएकाले मिलेर काम गर्ने वचन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया