Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडान गर्ने भएको छ । सन् १९८५ मा दुबई सिधा उडान सेवा दिएको निगमले विमान कमीको कारण सन् २०१२ देखि सेवा बन्द गरेको थियो । Nepal_Airlines_01

अब निगमले भदौ २ गतेदेखि सातामा तीन उडान गर्ने जनाएको छ । काठमाडौँबाट आइतबार, मङ्गलवार र बिहीबार उडान गर्ने र दुबईबाट सोमबार, बुधवार र शुक्रवार गर्ने निगमले जनाएको छ । दुबई गन्तव्य सुरु भएपछि निगमको अन्तर्रा्ष्ट्रिय उडान ८ पुग्नेछ ।

काठमाडौँ–दुबई–काठमाडौँ सिधा उडानले रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई सहज हुने निगमले जनाएको छ ।

हाल नेपालले ३८ ओटा मुलुकसँग हवाई सम्झौता गरेपनि विमानको कमीका कारण पाँचओटा मुलुकमामात्रै उडान भरिरहेको छ ।

तपाईको प्रतिक्रिया