Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

IMG_6789

काठमाडौ – सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले आफू भविश्यमा प्रधानमन्त्री हुने लाइनको मान्छे भएको दाबी गरे ।
पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले मन्त्रीले गरेको नौ महिने कामको समीक्षा गर्न आयोजना गरेको ‘फेस टू फेस’ कार्यक्रममा आफूले गरेका ८५ बुँदे कार्य विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले त्यस्तो बताएका हुन् । उनले आफू प्रधानमन्त्री हुन लाइनको मान्छे भएकोले मन्त्रालयमा रहुन्जेल कहिलै पनि कसैको लोभलालचमा नफसकेको, व्यवासायी हितका लागि काम गरेको, देशलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउन सक्दो प्रयास गरेको बताए । हेर्न मात्र नभइ फेर्न समेत आएको बताउने उनले पर्यटनमा देखिएका धेरै विकृतिहरु निर्मुल पार्दे केहीमा व्यवस्थापकीय सुधारदेखि नीतिगत कुराहरुपनि फेरेको बताए ।

IMG_6793
मन्त्री पोखरेलले आफ्नो कार्यकालमा गरेका ८५ बुँदे कामहरु सार्वजनिक गर्दै २५६० औं बुद्ध जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध गोष्ठि सम्पन्न गरि गौतमबुद्धको जन्मस्थल र बुद्ध दर्शनको उद्गमस्थल नेपाल भन्ने तथ्यलाई उजागर गरेको, नेपालको पर्यटन प्रबद्र्धन रणनीति तर्जुमा गरि १० वर्षे सोच सहित कार्यक्रम शुरु गरेको, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरि पर्यटन प्रबद्र्धनका कार्यलाई गति प्रदान गरेको, संघीयता अनुरुप प्रत्येक प्रदेशमा पर्यटन गन्तव्य निर्धारण गरि पूर्बाधार तयारीको लागि बजेटको व्यवस्थापन गरेको बताए ।

IMG_6796
सोही अवसरमा मन्त्री पोखरेलले पर्यटनमा धेरै कुरा गर्न खोजेपनि नसकेको र थोरै काम मात्र गर्न सफल भएको स्वीकारे । ‘फेस टु फेस’ कार्यक्रममा पर्यटन राज्यमन्त्री बलबहादुर महतसहित पर्यटकीय संघसंस्थाका अध्यक्ष, सञ्चारकर्मी तथा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहजीकरणको भूमिका संघका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले गर्नु भएको थियो भने अध्यक्ष देवी पन्तको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

तपाईको प्रतिक्रिया