जापान –जापानमा बस्ने नेपालीहरूको महिलाहरूको समूह ‘म नेपाली गुप्र, जापान’ को वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष केही अघि ‘तीज महोत्सव २०१६’ को आयोजना गर्ने भएको छ ।
पूर्व निर्धारित मिति सेप्टेम्बर ४ तारिख अन्य सस्थाहरुले कार्यक्रम आयोजना गर्ने जानकारी पाएपछि फुटेर होइन जुटेर अघि बढ्नु पर्छ भन्दै सेप्टेम्बर ४ तारिख तोकिएको मिति सारेर अगष्ट २८ तारिकमा तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा र ३० तारिकमा मेगुरो कुमिन सेन्टरमा गरी दुई दिवसीय तीज महोत्सव आयोजना गर्न लागेको तीज महोत्सव २०१६ का संयोजक कमला काप्रीले जानकारी दिनुभयो । विशेष गरी साइतामा, चिबा, खानागावा र टोकियोलाई लक्षित गरी हिन्दु महिलाहरूको दुई दिवसीय तीज महोत्सव २०१६ आयोजना गर्ने भएका हुन् ।
तीज महोत्सव २०१६ लाई सफल र प्रभावकारी बनाउने विषयमा छलफल गर्न चौतारी रेस्टुरेन्ट शिनओकुबोको सभा कक्षमा बसेको गुप्रको बैठकले तिज महोत्सव २०१६ लाई सभ्य र भव्यरुपमा सम्पन्न गर्ने निर्णय गर्दै पछिल्ला वर्षहरूमा भएका कमजोरीहरुलाई सुधार गर्दै महोत्सवलाई थप भव्यरुपमा सफल पार्न कमला काप्रीको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत बनाएको छ । समितिको सांस्कृतिक संयोजकमा मिना के सी, कार्यक्रम व्यवस्थापनमा नान्सु पाण्डे र प्रतीक्षा प्रधान, आर्थिक समितिमा अन्जु हमाल, सनम थापा र प्रनीता सुवेदीलाई चयन गरिएको छ ।
त्यसैगरी मिडिया संयोजकमा सरला लम्साल र आम्बु कान्छी, अतिथि सत्कारमा जोया खड्का र दिपा कार्की, प्रचारप्रसारमा सिर्जना मल्ल, दिपा सेढाई, जमुना अधिकारी, अनिता अधिकारी, शान्ति मगर, रितु चापागाई र सुनिता महर्जन, कलाकार व्यवस्थापन संयोजकमा सुमी केसी, शान्ति सिग्देल, रमा अधिकारीलाई जिम्मा दिइएको संयोजक काप्रीले जानकारी दिनुभयो ।
हामीले नगरे कसले गर्ने अभियानको विशेष सहयोग रहने तीज महोत्सव २०१६ को म्युजिक संयोजकमा जोन छन्त्याल र यातायात संयोजकमा ओसामु कोवायासी रहेका छन् । महोत्सवमा तीजे भाकामा ख्यातिप्राप्त थुप्रै राष्ट्रिय कलाकारहरुद्वारा अन्तिममा ४ जना चर्चित कलाकारहरू छनौट भैसकेको र प्राविधिक अन्तिम तयारीमा रहेको आयोजकले जनाएको छ ।
जापानमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई तीज महोत्सव २०१६ मा सहभागी भएर हौसला प्रदान गरिदिन आयोजक समितिले अनुरोध समेत गरेको छ ।