Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बाँके – बाँके राष्ट्रिय निकुञ्ज र यहाँका होमस्टेप्रति पर्यटकको आकर्षण बढ्न थालेको छ । hom-syay

बाघ संरक्षणका लागि स्थापना गरिएको निकुञ्ज र गाभर तथा ढकेरीमा स्थापना गरिएका होमस्टेप्रति पछिल्लो समयमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको पाइएको हो । बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि निकुञ्ज वरिपरि दुई वटा होमस्टे सञ्चालनमा आएपछि नेपालका विभिन्न स्थान र भारतका सीमावर्ती विभिन्न जिल्लाबाट पर्यटक आउने क्रम बढेको छ ।

नेपालका वनजङ्गल घुम्ने र गाउँमा बसेर रमाइलो तथा आनन्द गर्ने उद्देश्यले भारतबाट परिवारसहित आउने अहिले बाँके निकुञ्जमा घुम्न र गाभर एवम् ढकेरीको होमस्टेमा बस्न रुचाइरहेका छन् । नेपालका विभिन्न जिल्लाबाट दैनिक आधा दर्जनभन्दा बढी पर्यटक होमस्टेमा आउने गरेको होमस्टे सञ्चालक कृष्ण चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया