Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिलाइदिएपछि तातोपानी क्षेत्र हाल सञ्चार सम्पर्कबिहिन बनेको छ ।

यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको आजको अन्नपूर्ण दैनिकमा खबर छ । शनिवार लिपिङस्थित एनसेलको टावर रहेको सहित १५ घर नदीको कटानमा परेका छन् । स्थानीय प्रशासनको अभिलेखमा यी १५ सहित कुल ४२ घर पूर्णरुपमा क्षति भएको उल्लेख छ । तातोपानी क्षेत्रको कुन ठाउँको कति घर नदीमा मिले भन्नेमा जिल्लाका प्रहरी प्रमुख समेत अनिभिज्ञ छन् । bhotekoshi-2

तातोपानी क्षेत्रका लिपिङ, तातोपानी, कोदारी, १० किलो लगायतका बस्ती कटानको उच्च जोखिममा छन् । प्रहरी प्रमुखलाई तातोपानी क्षेत्रका कुनकुन ठाउँको घर नदी कटानमा परेको भन्ने जानकारी नै छैन् ।

एनसेलको टावर घरसँगै नदीमा मिसिएपछि सीमा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमलाल भूसाल सञ्चार सम्पर्कबाट बाहिर छन् । मंगलबार राति चीनतर्फबाट आएको बाढीले सीमा क्षेत्रका घर बगाउन सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया