काठमाडौँ – स्वास्थ्यमा समस्या देदिएर काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा निकै सुधार भएको छ ।
कोइराला बिस्तारै बोल्न समेत थालेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । अहिले शरीरका अंगहरु पनि काम गर्न थालेको बताइएको छ । स्वास्थ्यमा चामत्कारिक सुधार भएको भन्दै चिकित्सकहरुले बिहीबार अपराह्न भेन्टिलेटरबाट बाहिर निकालेका थिए ।
पेट र श्वास प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना हुनुभएको थियो । बुधवार बिहान अकस्मात अचेत भएका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।