Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स युरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । jermeny

गएराति भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको उपाधि नजिक पुगेको हो । जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो हाफको अन्तिम मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा एन्टोनी ग्रिजम्यानले गोल गरे । जर्मनीका कप्तान वाष्टिन स्वाइन्स टाइगरले डी एरियाभित्र हेन्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो ।

यस्तै खेलको ७२ औँ मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै अग्रता दोब्बर पारेपछि फ्रान्स विजयी भयो । फ्रान्सले अब उपाधिका लागि पोर्चुगलको सामना गर्नेछ । पोर्चुगल र फ्रान्सको उपाधि भिडन्त आउँदो आइतबार हुनेछ ।

यता फ्रान्सेली सुपरस्टार एन्टोइन ग्रिजम्यानले जारी प्रतियोगितामा आफ्नो गोलसङ्ख्या ६पुर्‍याएका  छन् । उनी प्रतियोगितामा सर्बा्धिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् ।

तपाईको प्रतिक्रिया