Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

म्याग्दी – म्याग्दीको गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् । वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका छन् । Myagdi-Honey-hunting

बजारमा प्रतिकिलो मह रु एक हजार २०० देखि एक हजार ६०० सम्ममा खरिद बिक्री भइरहेको छ । सदरमुकाम बेनीमा १०० किलो मह बिक्री गर्न आउनुभएका गुर्जाका झकबहादुर छन्त्यालले भिर महले बजार पाउन नसकेको बताउनुभयो । व्यापारीले जिल्ला वन कार्यालयबाट छुटपुर्जी लिएर मह सङ्कलन गर्दै आएका छन् ।

गुर्जाको घ्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका भिरमा मह सङ्कलन हुने गरेको छ । परम्परागत रूपमा गुर्जा, मुदी, लुलाङ, निस्कोट, कुइनेमङ्गले, चिमखोला गाविसमा मह सङ्कलन गरिन्छ ।

जिल्लामा वार्षिक दुई हजार २८० किलो भिरमह उत्पादन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया