Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – इटालीलाई सडन डेथमा हराँउदै विश्व च्याम्पियन जर्मनी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । Germany

फ्रान्सको बोर्डोमा शनिवार राती भएको तेस्रो क्वाटरफाईनल खेलको निर्धारित ९० मिनेटसम्म दुवै टिमले एक एक गोल गरे । खेलमा जर्मनीका मेसुत ओजिलले पहिलो गोल गरेपनि ईटालीका लियानार्दो बोनुचीले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बराबरी गरेका हुन् । ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा कुनैपनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो ।

पेनाल्टी सुटआउटमा सुरुवाती पाँच प्रहारमा दुवै टोलीले २–२ गोल मात्रै गरे । यसपछि सडन डेथको चौथो प्रहारमा ईटालीका माटियो डार्मीयान गोल गर्नबाट चुकेपछि जर्मनीले इटालीलाइ हरायो । यही अवसर सदुपयोग गर्दै जर्मनीका जोनास हेक्टरले टोलीलाई विजयी गराँउदै सेमिफाइनलसम्म पुर्याए । jarmeny

जर्मनीले अब युरोकप फुटबलको सेमिफाइनलमा फ्रान्स र आइसल्याण्डविचको अन्तिम क्वाटरफाईनल विजेताको सामना गर्नेछ । जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया