Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले राष्ट्रिय एजेण्डालाई अगाडि बढाउने सवालमा सरकारको काम सन्तोषजनक नरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको कार्यक्रममा उहाँले मुलुकको समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो,‘सबै राजनीतिक दलहरुलाई सर्वस्वीकार्य हुने गरी संशोधनमार्फत अघि सरकार समस्या समाधानमा अघि बढ्नुपर्छ ।

पश्चिम मधेसबाट पहाडी क्षेत्र हटाए सीमांकनमा कुरा मिल्छ ।  सरकारले आफूलाई समस्या समाधानमा तीब्र रुपमा अघि बढाउनु पर्छ । स्थानीय निकायको पुर्नसंरचना, निर्वाचनको लागि ऐन निर्माणमा सरकार केन्द्रीत हुनुपर्छ।’

राणाले मुलुकका आर्थिक समृद्धिका लागि सरकारले आफ्नो संरचनाको खर्च गर्ने क्षमता बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुर्न्निर्माणमा राम्रोसँग काम नगरे अब आउँदो जाडो पनि पीडितहरुले पालमै विताउनु पर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया