Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

33

काठमाडौं – बेल्जियमका डिफेन्डरलाई छक्याएर महत्वपूर्ण गोल गरेका वेल्सका हाल रोब्सन कानुले ग्यारेथ बेल विश्वकै उत्कृष्ट खेलाडी भएको बताउनुभएको छ ।कानुले बेल अर्जे्न्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो भन्दा उत्कृष्ट खेलाडी रहेको बताउनुभयो ।

यो युरोकपमा तीन गोल गरेका बेलले अन्तिम १६ र क्वाटरफाइनलको खेलमा गोल गर्न सक्नुभएन । वेल्सले सेमिफाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने छ । सेमिफाइनललाई रियल मड्रिडका दुई खेलाडी बेल र रोनाल्डोबिचको प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

कानुले भन्नुभयो ‘रोनाल्डो र मेस्सी दुवै विश्वका उत्कृष्ट खेलाडी हुन् । तर हामीसँग रोनाल्डो र मेस्सी भन्दा पनि उत्कृष्ट खेलाडी (बेल) छन् ।’ –एजेन्सी

तपाईको प्रतिक्रिया