काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान पूर्ण कार्यान्वयन गरे मात्र गिरिजाप्रसाद कोइराला प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
शान्ति प्रक्रियाका नायक स्व. गिरिजाप्रसाद कोइरालाको ९३ औ जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस क्षेत्र नं १० ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गिरिजाबाबुको अगुवाईमा शान्ति प्रक्रिया सुरु भएकाले संविधान पूर्ण कार्यान्वयन गरे मात्र उँहाको सपना साकार हुने बताउनुभयो ।
काँग्रेसको नेतृत्वमा संविधान जारी भएको भन्दै सिंहले सबिधान कार्यान्यन गर्ने पनि काँग्रेस बाहेक अरूले नसक्ने दाबी समेत गर्नुभयो ।