Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

बैतडी – बिहीबार राति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर शुक्रवार बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रवार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् । यस्तै, सर्मोली–४ बसौडीका ६० वर्षीय शिवदत्त पन्तको पनि पहिरोले घर पुरिँदा ज्यान गएको छ । घरमा रहेको लत्ताकपडा, अन्न लगायत गाईबस्तुसमेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।s2

पानी परिरहेका कारण उद्घारमा समस्या भएको बताइएको छ । यसैगरी, अपी नगरपालिका–१७ धापमा पहिरोले घर बगाउँदा प्रेमसिंह महरकी श्रीमती बेपत्ता भएकी र नाम खुल्न नसकेको प्रहरीले बताएको छ । उकु गाविसमा रहेको जौलजिवी प्रहरी चौकीमा पहिरो खस्दा प्रहरी चौकी सारिएको छ ।

बिहीबार राति प्रहरी चौकी भवनमा माथिबाट पहिरो आएपछि प्रहरी चौकी वन रेन्जपोस्ट कार्यालयमा सारिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वर्षाले दार्चुलाका विभिन्न क्षेत्रमा पहिरो जानका साथै घर भत्किएका छन् ।

बिहीबार रातीदेखि परेको मुसलधारे वर्षाले दार्चुला जिल्लाभरिको जनजीवन प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया