Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

deepalकाठमाडौँ – ‘गुन्डानाइके’ दीपक मनाङ्गे पक्राउ परेका छन् । गुन्डागर्दीको आरोपमा उनलाई बिहीबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

उनीसँगै उनका केही सहयोगीलाई पनि पक्राउ गरिएको जनाईएको छ । मनाङ्गे विरुद्ध धेरै उजुरीहरु परेको प्रहरीले जनाएको छ । उनले केही दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएको र त्यही कारण उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

मनाङ्गेमाथि ठमेल क्षेत्रमा पनि गुन्डागर्दी गरेको उजुरी पनि परेका थिए । उनीमाथि संगठित अपराधको मुद्दा लगाउने प्रहरीको तयारी छ । पछिल्लो समय प्रहरीले गुन्डानाइकेहरु विरुद्ध कारबाही तीव्र बनाएको छ ।

गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया