काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर गरिएको हमलामा १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृत्यु हुनेमध्ये नेपालीहरू पनि परेको आंशका गरिएको छ । न्यूयोर्क टाइम्सले जनाएअनुसार नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती हमला भएको हो । एसोसिएट प्रेसलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार विस्फोटमा मृत्यु भएका १४ जना नै नेपाली सुरक्षाकर्मी हुन् ।
घटनालगत्तै दर्जनौं एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । उक्त हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन । – एजेन्सी