Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलसका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको पुष्टि गरेका हुन् । यसअघि १६ जना बेपत्ता रहेका जानकारी दिइएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्‍यसबाट आगलागी झनै फैलिन सक्ने चेतावनी दिएका छन् । अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीमा परी हजाराैँ भवनहरू ध्वस्त भएका छन् । ठूलो संख्यामा जनावरहरू पनि मरेका छन् ।

के हो गुलाबी तरल पदार्थ ?
लस एन्जलसमा आगो नियन्त्रण गर्न विमानहरूबाट आगोमा गुलाबी रङको तरल पदार्थ निरन्तर खसालिरहेको देखिएको छ । यो आगो निरोधक अर्थात्, आगो वा जल्ने प्रक्रियालाई ढिलो बनाउने पदार्थ हो । यो गुलाबी पदार्थ पानी, नुन (रसायन) र मलको मिश्रण हो । यसमा मूलतः अमोनियम फस्फेट भएको घोल हुन्छ ।

आगो जल्न अक्सिजन चाहिन्छ । तर, यो रासायनिक मिश्रणले आगोमा अक्सिजन आपूर्ति रोक्छ, ताकि आगो छिटो फैलिन नपाओस् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया