Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपाले वकिलमाथि भएको हातपातको घटनाको तथ्य लुकाउन खोजेका आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमार्फत रास्वपाका कार्यवाहक प्रवक्तालाई सम्बोधन गरेर घटना ढाकछोप गर्न खोजिनु लज्जास्पद भएका बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले भनेका छन्,
‘प्रिय साथी माननीय मनिष झाजी
संग्रामी अभिवादन !
तपाईँ शालीन, भद्र, तर्कशील र तथ्ययुक्त समझदार व्यक्ति हुनुहुन्थ्यो, सायद अझै र अहिले पनि हुनुहोला नै !
राजनीतिक प्रतिशोधको यहाँहरूको हावादारी बेलुनको हावा बबरमहलस्थित काठमाडौं जिल्ला अदालतको परिसरमा पुगेर फुस्स हुनपुगेको अवगत नै भएको होला। सम्मानित अदालतलाई स्वतन्त्रता र निर्भीकतापूर्वक काम गर्न अवरोध गरेर यहाँहरूले  कात्तिक ३ गते देखि नै दुनियाँलाई आश्चर्यचकित र लज्जित तुल्याउनु भएकै छ ।’

वकिलमाथीको हमलाले रास्वपाको मुहारमा कलंकको कालो पोतिएको उनको जिकिर छ । ‘को रास्वपाको चौअन्नी हो कि होइन ? यसमा दुनियाँलाई छु मतलब ? खासमा त्यो भिजिलान्ते जत्था रास्वपा र अभियुक्त रवि लामिछानेको भजनमण्डलीका रूपमा त्यहाँ तैनाथ थियो, जसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि योजनाबद्ध आक्रमणमा उत्रिएको तथ्य घामजत्तिकै छर्लङ्ग छ,’ उनले भने, ‘सहकारी पीडितका तर्फबाट इजलासमा बहस गरेका कानुन व्यवसायीमाथि यसढंगको असहिष्णुता र आपराधिक हमलाले यहाँहरूको मुहारमा कलंकको कालो पोतिएको छ । उल्टै यहाँले जारी गरेको वक्तव्यमा एक मधेसीमूलका बौद्धिक व्यवसायीमाथि भएको ज्यादतीमा अर्को मधेसी मूलकै विधायकले तथ्यको ढाकछोप गर्न र बारदातमा संलग्नता लुकाउन गरेको अनुचित कोसिस देख्दा तपाईंहरूको ‘नयाँ र जान्ने’ भन्ने दावीसमेत खोक्रो बकवास रहेको तथ्य उदाङ्गो भएको छ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार काठमाडौं जिल्ला अदालत परिसरमै हातपात भएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा उनीमाथि हातपात भएको हो ।

तपाईको प्रतिक्रिया