Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – महाभियोगपछि निलम्बित भएका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै वयान दिन अस्वीकार गरेको कुरा बुधबार अनुसन्धान अधिकारीहरूले खुलासा गरेका छन्। दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले स्थानीय समयअनुसार बिहान ११ बजेदेखि दिउँसो १ः३० सम्मको सोधपुछमा युनले बयान दिन मानेनन्। साथै, सोधपुछको प्रक्रिया रेकर्ड वा भिडियो टेप गर्न समेत युनले अनुमति दिएनन्।

स्थानीय मिडियाका अनुसार युनलाई ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने सम्भावनाबारे राष्ट्रपतिको सुरक्षा टोलीसँग सीआईओ छलफलमा रहेको छ। सीआईओले थप हिरासतको अवधि बढाउन ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’मा अनुमति माग्दै पक्राउ पूर्जी जारी गर्न आवेदन दिने योजना बनाएको छ। सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म लम्ब्याउन सकिनेछ।

सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजन पक्षमा हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। तर युनको कानुनी टोलीले सीआईओको अधिकारलाई चुनौति दिदै पक्राउ पूर्जी गैरकानुनी भएको दाबी गरेको छ। उनको कानुनी टोलीले सीआईओ र प्रहरीलाई यस गैरकानुनी प्रक्रियाका लागि कानुनी जवाफदेही बनाउने प्रतिबद्धता पनि जनाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया