Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – इन्डोनेसियाको मध्यभूभागमा बाढी र पहिरोमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बाढी र पहिरोका कारण दर्जनौँ घर भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

ठुलो वर्षापछि आएको बाढीका कारण कैयौँ मानिस बेपत्ता भएका खबर आएपछि उद्धार टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । इन्डोनेसियाको प्रकोप व्यवस्थापन संस्थाका प्रवक्ता सुटुपोनोबो पूर्वोरेजोले मध्य जाभाक्षेत्रमा हालैका दिनमा भएको व्यापक वर्षापछि बाढी आउँदा र पहिरो जाँदा ३५ जना मृत्यु भएको, २५ बेपत्ता भएको र १४ जना गम्भीर घाइते भएका बताउनुभएको छ ।

वर्षापछि नदीको सतह बढेपछि बस्तीमा पसेको पानीले हजारौँ घर डुबानमा पारेको, सडकहरु भत्काएको बताइएको छ । त्यहाका टेलिभिजनद्वारा सम्प्रेषित दृश्यमा कैयौँ मानिस बाढी र डुबानबाट बाँच्न गाउँगाउँमा रुखका हाँगामा बसी सहयोगको याचना गरिरहेको देखाइएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया