Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – पेशागत दक्षताका हिसाबले आँखाका डाक्टर हुनुहुन्छ- ५९ वर्षीय डा. शशांक कोइराला । उहा २०४६ साल अघिसम्म सक्रिय राजनीतिमा हुनुहुन्थेन । बहुदल आएपछि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका डा. कोइराला नवलपरासीबाट संविधानसभामा दुई कार्यकाल विजयी जनप्रतिनिधि समेत हुनुहुन्छ ।

सक्रिय राजनीतिमा आएको छोटो समयमा उहाँले अहिलेसम्म पछाडि र्फकनु परेको छैन । यसको अर्थ उहाँले अहिलेसम्म चुनाव हारेको रेकर्ड छैन । सक्रिय राजनीतिमा निकै पछि आए पनि ०४६ को जनआन्दोलनमा डा. कोइरालाले सहभागिता जनाउनु भएका थियो । सोहिक्रममा ०६३ सालमा उहाँ केही समय प्रहरी हिरासतमा पनि पर्नु भएको थियो ।

डा. शशांक कोइराला कांग्रेसका अरु पुराना नेताले जस्तै जेलनेल भोगेका नेता भने हुनुहुन्न । यद्यपि ०१७ सालदेखि ०३६ सालसम्म उहाँको जीवनकाल निर्वासन र अध्ययनमा बित्यो । आँखाको अप्रेसन गर्ने डा. कोइराला अब नेपाली कांग्रेसको नीति निर्माण तहमा रहेर राजनीतिको अप्रेशन गर्ने भूमिकामा रहनु हुनेछ ।

पारिवारिक सूत्रहरुका अनुसार डा. कोइराला शिशुअवस्थामै हुँदा उहाँका पिता वीपी कोइराला जेल पर्नु भयो । वीपी कोइराला ०१५ सालको चुनावमा खट्ने तयारीमा रहेका बेला शशांकको जन्म भएको हो । र, उहाँ दुई वर्ष पुग्दा नपुग्दै वीपी प्रधानमन्त्रीबाट अपदस्त हुनुभयो ।

विदेशमै पढाई विदेशमै विहे
वीपी जेल परेपछि शशांक भारतको बनारसमा पुर्‍याइए र उतै उहाँले विद्यालय तहको अध्ययन पूरा गर्नुभयो । भारतमै आइएस्सी उत्तीर्ण गरि उतै एममीबीबीएस समेत अध्ययन गर्नुभएका कोइरालाको थाइल्याण्डकी युवतीसँग प्रेम सम्बन्ध गाँसियो । भारतीय पिता र थाई आमाबाट जन्मेकी सुपात्रा ९सुफात्रा० भाटिया भारतमा छात्रवृत्ति पाएर अध्यययन गरिरहेकी थिइन । पछि उहाँहरुले नेपालमै आएर विवाह गर्नुभयो र, भारतबाटै शशांक र सुपात्रा दुबै जना एमडीसम्मको अध्ययन पूरा गरी दुबैजना डाक्टर बन्नु भएको हो ।

शशांकपत्नी डा. सुपात्रा कोइराला प्रसुतीसम्बन्धी नेपालकी चर्चित डाक्टर हुनुहुन्छ । उहाँले डा. भोला रिजालको ओम अस्पतालमा काम गर्दा प्रसुती सेवामा राम्रो नाम कमाउनु भएको छ ।
राजनीतिमा लाग्नुपूर्व शशांकले काठमाडौंको टिचिङ एवं वीपी कोइराला मेमोरियल अस्पतालमा काम गर्नु भएको थियो । हाल काठमाडौंको टोखामा बसोबास गर्ने डा. शशांक र डा. सुपात्राकी एकल छोरी छिन् । केही वर्ष पहिले मात्रै विश्वबन्धु थापाका नाति (छोरीका छोरा) सँग उनको विवाह भएको छ । उनी हाल अमेरिकामा बसोबास गर्छिन् । शशांकका ज्वाइँ पनि विदेशमै बस्छन् र उनी उतैका ‘पीआर होल्डर’ हुन् ।

बिराटनगरका कोइराला नवलपरासीमा
डा. शशांक कोइराला २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मिनु भएको हो । तर, उहाँ २०६४ सालदेखि नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट चुनाव लड्दै र जित्दै आउनु भएको छ । कोइराला बिराटनगरमा आउनुको कारण हो, यहा धेरै कोइरालाहरु हुनु र नवलपरासीको क्षेत्र नं १ मा कांग्रेसको राम्रो पकड हुनु । मोरङमा डा। शेखर कोइराला, सुजाता कोइराला लगायतका एक से एक नेताहरु रहेकाले डा. शशांकले नवलपरासीको सुरक्षित क्षेत्र रोज्नु भएको मानिन्छ ।

डा. शशांकले २०६४ सालको चुनावमा नवपरासीबाट ३ हजारको फराकिलो मतान्तरले माओवादीका ठाकुरप्रसाद चापागाईँलाई हराउनु भएको थियो । त्यसबेला उहाँले १७ हजार ४ सय ३० मत पाउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी चापागाईले १४ हजार ९ सय ७२ मत प्राप्त गर्नुभएको थियो । दोस्रो संविधानसभामा पनि शशांकले नवलपरासी १ नै रोजेर त्यहाँबाट जित हात पारेर संविधानसभामा आउनु भयो ।

तपाईको प्रतिक्रिया