Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन दिउसो दुइ बजेबाट हुने भएको छ । पहिलो चरणको चुनावमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
आइतबार भएको निर्वाचनमा मतगणनामा नेता शेरबहादुर देउवाले तुलनात्मक रुपमा बढी मत ल्याएपनि ११ मत नपुगेपछि पुन निर्वाचन हुन लागेको हो । सुरुमा देउवाले अग्रता लिनुभएको थियो । पछिल्लो चरणमा अग्रता घट्दै गयो र करिब आधा मत गन्दासम्म पनि देउवाले ५० प्रतिशतभन्दा बढी मत ल्याएका थिए । त्यतिबेला अर्का उम्मेद्वार कृष्ण सिटौलाको मत १० प्रतिशतभन्दा कम थियो ।
१८ सय मत गणना हुँदा देउवाले ५० प्रतिशतभन्दा ३९ मतले बढी थिए । २१ सय मत गणना हुँदा देउवाले ५० प्रतिशतभन्दा १९ भोटमात्र बढी ल्याए । २३ सय मत गन्दा देउवा मत ५० प्रतिशतभन्दा १४ भोट बढी थियो । २४ सय मत गणना हुँदा देउवाले ५० प्रतिशतभन्दा ५ मत मात्र बढी पाएका थिए ।
२७ सय मत गणना हुँदा देउवाले ५० प्रतिशत भन्दा ३ मत कम भएको थियो । ३ हजार मत गनिसक्दा देउवाले ५० प्रतिशतभन्दा १६ मत कम पाएका थिए । यसरी पछिल्लो मत गणनामा क्रमस कम हुदै गएको मतपरिणाम कुल ३१ सय ४८ मत गन्दासम्म ११ मत कम आएपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
कुल मत मध्य देउवाले १५६४, निकटतम् प्रतिष्पर्धी रामचन्द्र पौडेलले ११६० र सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो ।
यसरी दोस्रो चरणको निर्वाचन हुनेभएपछि सस्थापन पक्षबाटै दोस्रो समूह खडा गरेर चुनावी प्रतिस्पर्धामा होमिएका सिटौलाले कार्यबहाक सभापति रामचन्द्र पौडेललाई खुलेर सपोट गर्ने हुनुभएको छ । आइतबार दिउसो नै दोस्रो चरणको निर्वाचन हुने आकलन गरिएपछि सभापतिका उमेद्वार पौडेल र सिटौला बीचमा निर्वाचन स्थलमानै वार्ता भएको थियो । वार्ताका क्रममा दोस्रो चरणको निर्वाचन भए आफू लाइनमा बसेरै पौडेललाई भोट माग्न तयार रहेको सिटौलाको भनाई थियो ।
यसैक्रममा कोइराला परिवारसंग रुष्ट भएपनि सभापति सुशील कोइराला जीवितै रहदा पौडेललाई सभापतिको उमेद्वार बनाउने भए सहयोग गर्ने बताउदै आएका खुमबहादुर खड्कालेपनि आज विहानको भेटमा पौडेललाई ग्रिन सिग्नल दिनुभएको छ । पहिलो चरणको निर्वाचनमा देउवालाई सहयोग गरेका खड्का सभापति देखि सदस्यसम्म देउवाको प्यानल सार्वजनिक भएपछि रुष्ट हुनुभएको थियो ।
आफ्नो पक्षको पुष्पा भूषाललाई कोषाध्यक्षमा ल्याउनुपर्ने अडानलाई देउवा पक्षले अलमल्याउदै प्यानल घोषणा गर्दा चित्रलेखालाई अघि सारेको थियो । तर सदस्य सार्वजनिक गर्दापनि आफ्नो पक्षका व्यक्तिलाई सहयोग पुग्ने भन्दापनि देखाउनका लागिमात्र प्यानलमा राखेको भन्दै खड्का असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
यता ११ मतले मात्र सभापति बन्न नसकेका देउवालेपनि नेता तथा भोटर्सलाई आफ्नो पक्षमा ल्याउनका लागि अनौपचारिक भेटलाई तिव्र पारेका छन् । सभापतिमा तेस्रो नम्बरमा आएका सिटौलालाई आफ्नो पक्षमा ल्याउन देउवापक्ष जोडबलका साथ लागेका छन् ।

तपाईको प्रतिक्रिया