Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएसंगै पहिलो भोट शेरबहादुर देउवाले हाल्नुभएको छ । सभापतिमा आफैलाई भोटहाल्दै मतदान कार्यक्रम सुरु भएको थियो । अर्को सभापतिका उम्मेदवार महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो क्रममा मतदान गर्नुभएको थियो । यस्तै डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, महामन्त्री प्रकाशमान सिंहले क्रमश मतदान गर्नुभएको थियो ।
आज बिहान ८ बजेदेखि सुरु हुने भनिएपछि केही ढिलागरी सुरु भएको थियो ।
मतदानका लागि मतदान स्थलमा पाँचवटा छुट्टाछुट्टै ब्लकभित्र १३५ मतदान स्थल राखिएको छ । जसमा सभापतिका लागि छुट्टै, महामन्त्री र कोषाध्यक्षका लागि छुट्टै मतदानस्थल रहेको छ । यसैगरी खुल्ला सदस्य, प्रदेश सदस्य र आरक्षणका लागि पनि छुट्टाछुट्टै मतदानस्थल राखिएको छ । मतदान कार्यक्रम सकिएपछि आजै मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया