Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आफूसँग भेट भएका सबै महाधिवेशन प्रतिनिधिहरूले विजय भइसकेजस्तो व्यवहार गरेको बताउनुभएको छ । सभापतिका उम्मेदवारसमेत रहनुभएका कार्यवहाक सभापति पौडेलले शनिबार काँग्रेसको बन्दसत्र सकिएपछि भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा आफू विजयी हुने सुनिश्चित भएको दाबी गर्नुभयो ।
महामन्त्री प्रकाशमान सिंह र आफू अहिलेसम्म बन्दसत्रमा व्यस्त रहेको र अब निर्वाचनको तयारीमा लाग्ने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म भेटिएका साथीहरूको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको उहाँको भनाइ थियो । “पार्टी कसरी अगाडि बढाउँदा राम्रो हुन्छ, कसलाई जिम्मेवारी दिँदा पार्टी सशक्त हुन्छ भन्ने कुरा आत्मैदेखि सोचेर मतदान गर्न दिन आह्वान गर्दछु” – उहाँले भन्नुभयो ।
महाधिवेशनमा भड्किलो प्रचार भयो भन्ने जिज्ञासामा उहाँले उम्मेदवारहरूलाई भड्किलो प्रचार नगर्न आग्रह गर्दै प्रचारमा नयाँ प्रयोग हुनुलाई भने स्वाभाविकरूपमा नै लिनुपर्ने धारणा राख्नुभयो ।
काँग्रेसले संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका लिने नीति पारित गरेको जानकारी दिँदै कावा सभापति पौडेलले यसका लागि सरकारमै जानैपर्ने बाध्यता नरहेको स्पष्ट पार्नुभयो । “प्रतिपक्षमा बसेरै मुलुकका समस्या समाधानका लागि नेतृत्व लिएका छौँ” – उहाँले भन्नुभयो ।
काँग्रेसले सरकारको नेतृत्व लिने बारेमा केही नसोचेको बताउँदै उहाँले पार्टीको नयाँ नेतृत्व आएपछि मात्रै त्यस बारेमा सोच्ने जानकारी दिनुभयो । उहाँले काँग्रेस सरकारमा जानेबारेमा अहिलेसम्म अन्य पार्टीहरूको धारणामात्रै आएको टिप्पणी गर्नुभयो ।
महाधिवेशनका दुईवटा मुख्य काममध्ये बन्दसत्रको काम सकिएको र निर्वाचनको काममात्रै बाँकी रहेको उहाँले बताउनुभयो । “यो बन्दसत्र मैले थाहा पाएसम्मकै सबैभन्दा शान्तिपूर्ण, सौहार्दपूर्ण, अनुशासित र उपलब्धिमूलक रह्यो”, उहाँले भन्नुभयो – “महाधिवेशनमा सहभागी सबै समझदार साथीहरूलाई दिलैदेखि धन्यवाद दिन चाहन्छु ।”
प्रतिनिधिहरूले दिएका रचनात्मक सुझावहरूलाई पार्टीले समेटेर नीति तथा कार्यक्रमलाई गाउँगाउँका कार्यकर्तासम्म पु¥याउने पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया