Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – नेपाली कांग्रेसको १३ औँ महाधिवेशन बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । नेपाली कांग्रेसको निर्वाचन आयोगले फागुन २० गतेदेखि २३ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका सार्बजनिक गरेको छ ।

फागुन २० गते – उम्मेदवारी दर्ताको समय – बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म।
फागुन २१ गते – उम्मेदवारको पहिलो नामावली प्रकाशन फागुन २१ गते बिहान ११ बजे हुने छ ।
प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ ।
दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने छ।
फागुन २२ गतेः उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ।
उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने छ।
फागुन २३ गतेः फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ।
मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने छ।

तपाईको प्रतिक्रिया