Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ– नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ ।

बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिनुभएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

१२ अर्बभन्दा बढी सरकारको ऋण रहेको संस्थाले ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको बताइन्छ ।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयबाट आयल निगमका लागि सञ्चालक समिति सदस्यमा खटाइएका सदस्य सूर्य आचार्यमार्फत उक्त कार्य अगाडि नबढाउन बिहीबार निर्देशन दिनुभएको हो ।

आम उपभोक्ता इन्धन सङ्कटको चर्को अभाव बेहोर्न बाध्य भइरहेको समयमा बोनस वितरण गर्दा त्यसको नकारात्मक सन्देश जाने देखिएकाले अर्थ मन्त्रालयले त्यसप्रति रुष्ट देखिएको हो । निमगभित्रै केही कर्मचारीसमेत विद्यमान अवस्थामा बोनस वा अन्य कुनै पनि किसिमको सुविधा बाँड्न नहुने पक्षमा उभिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया