Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

दुबई । हरेक शुक्रबारका दिन युएइमा नेपालीहरुको आ-आफ्नै प्रकारका चहलपहल हुने गर्दछन् । हप्ताको ६ दिनपछि आउने सार्वजनिक बिदा शुक्रबारे दिनलाई नेपालीहरुको लागि अति उपयोगी र रमाइला दिनको रुपमा लिन सकिन्छ । यस्तैगरी गत २४ फेब्रुअरी शुक्रबारका दिन पनि दुबईको जाविल पार्कमा मादलको तालसंगै नेपाली लोकभाकाहरु गुञ्जियो ।

स्याङ्जा सहयोग समाज युएइको आयोजनामा भएको वनभोज कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, महिला र पत्रकारहरुले शोभा बढाएका थिए भने वनभोजको कार्यक्रमलाई अध्यक्ष भूपति न्यौपानेले सम्हालेका थिए । महासचिव भुपुराज बस्यालले कार्यक्रमलाई कार्यकुशलतापूर्वक सञ्चालन गर्दै मनोरञ्जनात्मक गराउनमा ठूलो भूमिका खेलेका थिए ।

दुबईको सफा र मनमोहक पार्कको हरियो घासमा बसेर मादलको तालमा ताल मिलाउदै “आँधी खोला उर्लेर आयो, आउने थिएन मायाले बोलायो,, बोलको गीतमा गाउँदै नाचेको दृश्यले हेर्ने दर्शकहरुको मनमा पनि नाच्नलाई कम खुलदुली तुल्याएको थिएन । यस्तैगरी विभिन्न लोक दोहोरी र संगीतले वनभोज कार्यक्रमलाई सुनमा सुगन्ध थपेको थियो । मादलको तालमा थपडी र गीतको बोलमा सबैले साथ दिएको हेर्नलायक थियो ।

सो अवसरमा आफ्नो मन्तव्यको क्रममा अध्यक्ष भूपति न्यौपानेले सम्पूर्ण उपस्थित दर्शकहरुलाई धन्यवाद दिनुभएको थियो भने नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकालले बेला बेलामा विभिन्न कार्यक्रम गर्दै सबैलाई समेट्नमा सफल भएको भन्दै शुभकामना समेत दिनुभयो । योगेन्द्र थापाले मन्तव्यकै क्रममा स्थापनाकालदेखि नै यस संस्थाले विभिन्न खाले कार्यक्रमद्वारा सम्पूर्ण नेपालीहरुलाई एकजुट गराउँदै भाईचारा र सहयोगको आदानप्रदान गरेको बताउनुभयो । आफ्नो मन्तव्य राख्नेहरुमा मानबहादुर थापा, चन्द्र रोकाह, गोपाल कँडेल, उत्तम अधिकारी, लोक सुवेदी र यमलाल शर्मा पंगेनी रहेका थिए । ***

 

तपाईको प्रतिक्रिया