Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

दुबई – युएईको दुबई स्थित ईमिरेड़स ईन्टरनेसनल स्कुलमा फेब्रुअरी १३ तारिखका दिन बिशेष मेलाको आयोजना गरियो । क्यानडा, फ्रान्स, जोर्डन, मलेसिया, सिंगापुर, युएई गरी २६ वटा देशका स्टल रहेको उक्त मेलामा नेपालको स्टलले नेपालकै बृतचित्र झल्काएको थियो ।

बिराटनगर निवासी प्रकाश धमलाले राख्नु भएको नेपालीको स्टलमा सबैजना नेपालीहरु नेपाली पोशाकमा सजिएका थिए भने उक्त स्टललाई सुन्दर शान्तदेश नेपालको पर्यटन क्षेत्र झल्किने गरि सजाइएको थियो । स्टलमा नेपालको झण्डासँगै सगरमाथाको तस्बिर, बुद्धको मुर्ति, हिमाली पर्बतहरु, काठमाडौं, पोखराका तस्बिरहरु राखिएका थिए । साथमा तेन्जीङ सेर्पा र सर एडमन हिलारीको तस्बिरलाई सर्वोच्च शिखर सगरमाथाको तस्बिरसँगै राखिएको थियो भने म:म लगायत विभिन्न किसिमका नेपाली खानाका परिकारहरु राखिएका थिए ।

स्कुलको मेलामा “यो नेपाली शिर उचाली……..” बोलको राष्ट्रिय गीत बजाइएको थियो भने नेपालको झण्डाले नै दर्शकका आँखा तानेको थियो । मेलामा सबैले आ-आफ्नो देशको पहिचान, रहन सहन र मुख्य पर्यटन सम्बन्धि सन्देस दिइरहेका थिए ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया