Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले उक्त जिल्लाका सरकारी वा सामुदायिक विद्यालय मध्येबाट प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई वर्षेनी नगद पुरस्कार दिने घोषणा गरेको छ । एक-एक छात्र तथा छात्रालाई प्रदान गरिने पुरस्कारको राशी तीस हजार र बीस हजार रुपैयाँ रहेको छ । मोना हङकङमा बसोबास गर्ने म्याग्दी जिल्लाबासीहरूको संस्था हो । नगद पुरस्कारका लागि संस्थाले आठ लाख रुपैयाँको अक्षय कोष खडा गरिसकेको जनाएको छ । यसैबाट प्राप्त हुने ब्याजले पुरस्कार प्रदान गरिने संस्थाका अध्यक्ष दल सेर्बुजाले बताए । विपन्न वर्गका विद्यार्थीहरूलाई केही राहत मिलोस भन्ने सोच रहेको उनको भनाई थियो । ‘कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु हाम्रो उद्देश्य हो’, अध्यक्ष सेर्बुजाले भने, ‘प्रवासमा खुलेका सबै संघसंस्थाले आफ्ना गाउँठाउँका लागि सक्दो सहयोग गर्नसके थोरै भएपनि टेवा पुग्नेछ ।’ रकम सहयोग गर्न चाहनेहरू बढेकाले आगामी वर्षहरूमा पुरस्कार रकम थपिदै लगिने संस्थाका सचिव लोकेश बोगटीले बताए । घोषित पुरस्कार रकम पहिलोपटक प्रतिक ढुंगाना र आरती ढुंगानालाई प्रदान गरिने भएको छ ।

म्याग्दी जिल्लाको सरकारी तथा सामुदायिक विद्यालयहरू मध्येबाट यी दुबैले २०६७ सालको प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट अंक ल्याएका थिए । ढुंगाना द्वय म्याग्दी अर्थुङेस्थित जमुनाखर्क उच्च माध्यमिक विद्यालयका रहेको संस्थाले जनाएको छ । मोनाको यो घोषणाले यहाँस्थित अन्य संघसंस्थाहरूलाई पनि आफ्ना गाउँठाउँका लागि सक्दो सहयोग गर्न प्रेरित गरेको हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको भनाई थियो । ***

 

 

तपाईको प्रतिक्रिया