Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – अघिल्लो शनिवार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने हजारौं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आज टोकियोमा श्रध्दाञ्जली सभा भएको छ ।

भूकम्पमा परी ज्यान गुमाउनेहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारणबाट सुरु भएको श्रध्दाञ्जली सभालाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले नेपालको विपत्तिमा सघाउन जापान सरकार, जापानी समुदाय र यहाँका निजी क्षेत्रले देखाएको सदाशयताप्रति आभार ब्यक्त गर्नुभयो । उहाँले भूकम्पमा परी ज्यान गुमाउने हजारौं दिवंगत आत्माहरुको चिरशान्तिका लागि श्रध्दाञ्जली अर्पण गर्नुका साथै घाइते तथा अंगभंग भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

यसैगरी नेपाली समुदायको तर्फबाट नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले दिवंगत आत्माहरुको चिरशान्तिको कामना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित शोक मन्तब्य ब्यक्त गर्दै नेपालको बिपत्तिमा सक्दो राहत सहयोग गर्ने उध्देश्यले गठित भूकम्प पीडित राहत तथा सहयोग समितिको गतिविधि बारे जानकारी गराउनुभएको थियो । उहाँले मुलुकको विपत्तिमा सघाउन जापानको नेपाली समुदायले एकताबध्द भएर देखाएको तत्परता र क्रियाशीलता सह्रानीय रहेको बताउउनुभयो ।

यसैगरी शोकसभामा जापान नेपाल सोसाइटीकी पूर्व उपाध्यक्ष डा. इतो युकीले दिवंगत आत्माहरुप्रति श्रध्दाञ्जली ब्यक्त गर्दै नेपालमा आइपरेको यस बिपत्तिलाई जापान सरकार, जापानी जनता र यहाँको निजी क्षेत्रले पनि मर्माहत हुँदै अत्यन्त गम्भीरतापूर्वक लिएको र सोहीअनुरुप सहयोग भईरहेको स्मरण गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै एनआरएन आइसीसीका सदस्यसमेत रहनुभएका सहयोग समितिका कार्यवाहक संयोजक रोशन केसीले ज्ञातअज्ञात दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्नुका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले जापानको नेपाली समुदाय बिभिन्न ढंगले राहत संकलनमा सक्रियता देखाईरहेको बताउँदै यस कार्यलाई मुलुकको संवेदनशीलता, गरिमा र प्रतिष्ठामा कुनै आँच नआउने गरी मर्यादित, ब्यवस्थित र नियम कानुनको परिधिमा रहेर गर्न आह्वान गर्नुभयो ।

भूकम्प पीडित राहत तथा सहयोग समितिको आयोजना र थकाली सेवा समिति तथा मनाङ सोसाइटीको संयोजनमा भएको दीपप्रज्वलनसहितको श्रध्दाञ्जली सभा टोकियो हामामाच्चुच्योमा भएको थियो । श्रध्दाञ्जली सभामा सहयोग समितिका सदस्य तथा स्वयमसेवक परिचालन उपसमितिका संयोजक शरदकुमार गौचनले सहजीकरण गर्नुभएको थियो ।

श्रध्दाञ्जली सभामा उपस्थित नेपालीहरुले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए । नेपालको बिपत्तिमा हामी पनि संगै छौं, नेपाली एकता जिन्दाबाद, हामी थाकेका छैनौ, हारेका पनि छैनौ जस्ता नारा पनि लगाइएको थियो । *** तस्विर : टिका छन्त्याल/डा. कोबायासी हिरोआकी
Hama 4 Hama 3 hama 2
LadiesMadan 1Madan 3Madan 4
MallaMadanMass 4Mass MeMassPray 1PrayMass Me MeIto SanRamilaRoshanSignskSok

तपाईको प्रतिक्रिया