Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थामाथि कडा आलोचना गर्दै भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाए। उनले कोशी प्रदेशको इटहरीमा सम्पन्न विरोध सभामा हिन्दू राष्ट्र पुनः स्थापना अपरिहार्य रहेको उल्लेख गर्दै राजासहितको प्रजातन्त्र नै देशका लागि उचित हुने धारणा व्यक्त गरे।

अध्यक्ष लिङ्देनले रास्वपाका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा उठाइएको उल्लेख गर्दै यो प्रवृत्ति ठूला दलका नेताहरूका लागि पनि चूनौतीपूर्ण हुने दाबी गरे। “यो हतियार अब रोकिने छैन र रोकिनु पनि हुँदैन,” उनले भने। साथै, उनले देशका सबै नेताको सम्पत्तिको छानबिन गरिनुपर्ने र त्यसको सुरुवात राप्रपाबाटै गर्नुपर्ने प्रस्ताव राखे।

कार्यक्रममा राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलहरूले नै प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई दोषारोपण गर्दै प्रजातन्त्र नै खतरामा परेको दाबी गरे। डा. लोहनीले जनताले विकल्प खोजिरहेको जनाउँदै तीन ठूला दलका अध्यक्षहरूलाई संसदमा उभिएर “भ्रष्टाचार गरेको छैन र विदेशमा पैसा राखेको छैन” भनी प्रमाणित गर्न चुनौतीसमेत दिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया