Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् । रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर, शनिबार विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानी विमान खसालेमा रुसको भूमिका रहेको बताएनन् । अजरबैजानी विमान बुधबार कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । यो विमान अवतरण गर्ने बित्तिकै यसमा आगो लाग्यो। त्यति बेला विमान रुसको दक्षिणी भागबाट फर्कँदै थियो ।

दक्षिणी रुसमा युक्रेनी ड्रोन आक्रमण भइरहेको थियो र रुसी वायुसेना तिनीहरूलाई रोक्नमा व्यस्त थियो। उक्त विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया