Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपाली सेनाका उपरथी, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरिक्षक (एआईजी) र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकले पनि विदेश भ्रमण गर्दा रातो पासपोर्ट प्रयोग गर्न पाउने भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकारले राहदानी नियमावली, २०७७ संशोधन गरी उनीहरूले पनि रातो पासपोर्ट (कूटनीतिक राहदानी) प्रयोग गर्न पाउने व्यवस्था गरेको हो । सरकारी काम वा विशेष कामको लागि यसअघि विदेश भ्रमणमा जाँदा उपरथी र एआईजीहरूले रातो पासपोर्ट पासपोर्ट प्रयोग गर्न पाउँदैनथे । सरकारले केही साताअघि संशोधन गरेको ‘राहादानी (दोस्रो संशोधन) नियमावली, २०८१’मा उक्त व्यवस्था गरेको हो ।

‘राहदानी नियमावली, २०७७ (यसपछि ‘मूल नियमावली’ भनिएको)को नियम १० को खण्ड (ढ)मा रहेका ‘प्रदेश न्याय सेवा आयोगका अध्यक्ष’ भन्ने शब्दावलीहरूपछि ‘उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक’ भन्ने शब्दहरू थपिएका छन्,’ संशोधन गरिएको राहदानी नियमावलीमा भनिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया