Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जीवन भन्छन् – ‘कलाकारितामा निरन्तरता, त्याग र समर्पणको अभाव छ’

Jeevanटोकियो – सर्वहारा गायकको रुपमा परिचित वरिष्ठ गायक जीवन शर्माले आजभोलि च्याउझैं पलाएका नयाँ पुस्ताका कलाकारहरुले लोक संस्कृति र परम्परालाई विर्सिदा नेपाली गीत संगीतमा विकृति पलाएको बताएका छन् ।

तीन दशकदेखि नेपाली गीत संगीतमा सक्रिय गायक शर्माले शुक्रवार जापानको राजधानीमा आफ्नो साँगीतिक प्रस्तुती दिंदै यस्तो दुखेसो पोखेका हुन् । उनले भने – ‘जबसम्म कलाकारहरुमा निरन्तरता, त्याग र समर्पण गर्ने क्षमता हुदैन तवसम्म देशले राम्रो कलाकार पाउन गाह्रो छ ।’ उनी थप्छन् – ‘नयाँ कलाकारहरुमा स्वार्थ छ । त्यसैले गीत संगीतमा विकासभन्दा पनि विकृति पलाएको छ ।’

गल्कोट समाज जापानको आयोजनामा शुक्रवार जापानको राजधानी टोकियोमा सम्पन्न साँगीतिक कार्यक्रममा गायक शर्माले बिदेशमा बस्ने नेपालीहरुका पीडालाई गीतमार्फ़त भाका हालेर गाउँदा उपस्थित वूढापाकादेखि युवायुवती दर्शकहरु भावविह्वल भएका थिए । भावुक मुद्रामा पुराना दिन सम्झदै उनले भने – ‘पञ्चायत कालमा मेरा लागि गाउँमा बस्ने अवस्था थिएन । जीवन र मृत्युको दोसांधमा दौडिरहेको मलाई बागलुङ गल्कोट सेरोफ़ेरोका गाउँवस्ती, त्यहांका वासिन्दा, दरम खोलाको पानी र त्यही खोलामा पाईने माछाका कारण आजसम्म बांच्न पाएको छु ।’Jeevan 2

Jeevanहुन त जनगायक शर्माले जानेर पनि साइंली–माइलीका गीतहरु गाउन रुचाएनन् । सार्थक र सान्दर्भिक गीतहरुलाई मात्र रोजाइमा पारेका शर्मा भन्छन् – ‘मुलुकको जिम्मेवार कलाकारले अर्थहीन गीत किन गाउने ? नाङगा र अङगप्रदर्शन गरिने खालका नाच चाहिने गीत म गाउँदिन।’ जीवन शर्मा फेरि पनि दुःखी जनता र अखण्ड नेपाललाई नै गीति मेनुमा राख्न चाहन्छन् ।

सम्पतिको नाममा गीत मात्र बाँकी रहेको उनीसँग कागजी प्रमाणपत्रहरु नभएर सर्वहारा हुन पुगेका भने होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर, अङ्ग्रेजीलाई आफ्नो जीवनको टर्निङ पोइण्ट बनाउन सकेनन् उनले ।

बागलुङको राङखानीमा हुर्किएका शर्माको खास नाम रामकृष्ण आचार्य हो । झ्याउरे, भजन गीत गाउँदा गाउँदै शर्मा काठमाडौं हानिएपछि रक्तिम परिवारको गीत संगीततिर होमिएका हुन्  उनी । उनको बुझाईमा – ‘एकाबिहानै कामुक गीत सुन्नेले दिनभर ठिटीतिर ध्यान दिन्छ, भजनकीर्तन सुन्नेले धेरै मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ ।’Jeevan 3

जनगायक जीवन शर्माले मधेश, पहाड र हिमाललाई जोड्दै ‘हामी सबै नेपाली’ भन्ने बोलको राष्ट्रप्रेमी गीत गाएर राष्ट्रिय भावना जगाएका थिए । उनले ‘फोकल्याण्डको टापुबाट…, सिमली छायाँमा बसी….., यसपाली त यस्तै भो आमा, अर्को साल आउने छु दशैंमा…. जस्ता जनजिब्रोमा झुण्डिएका कालजयी गीतहरु गाएर बिदेशमा बसेका नेपालीहरुलाई आफ्नो मातृभूमिप्रतिको श्रध्दा जगाएका थिए । जापानमा रहेका उनका प्रशंसकहरु भन्छन – जीवन जस्ता एउटा जिउंदो इतिहासलाई जापान बोलाएर गल्कोट समाजले एउटा सच्चा स्रष्टाप्रति सम्मान गरेको छ । ***

तपाईको प्रतिक्रिया