Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल ठगीको आरोपमा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मोरङको रङ्गेली नगरपालिका-२ घर भई हाल काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत हुन् । उनीमाथि सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीलाई एमबीबीएस भर्नाका लागि छोरीको नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

चौधरीसँग विभिन्न मितिमा ठगी गरिएको रकम लिएपछि पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले निर्देशन दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ ।

ठगीको आरोप लागेसँगै सभापति पोखरेलका स्वकीय सचिवको जिम्मेवारीबाट पोखरेललाई हटाइएको छ । सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि पनि सहकारी ठगीको आरोप लागिसकेको छ । मुद्दा दर्तापछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेकी हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया