Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले नेपाल एयरलाइन्सलाई नसुधार नगरेर विश्राम नलिने बताएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५ समयः साँझ १७ बजे स्थानः आराकावा सन पर्ल हल आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय गीता पाईजा पुन मगर र प्रगति पुन मगर आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल एयरलाइन्सलाई सुधार्न समिति, सांसद, सरकार सबैले संकल्प लिन जरुरी रहेको उनको भनाइ छ । ‘हामी अब नेपाल एयरलाइन्सलाई नसुधारिकन विश्राम लिन्नौँ । यो बैठक अन्तिम बैठक होइन, कि यो बैठकबाट हामी अघि बढेर नेपाल एयरलाइन्सलाई सुधारेरै छोड्छौँ भन्ने संकल्प समितिले पनि गर्नुपर्छ, मन्त्रालयले पनि गर्छ । जसरी चलिरेहका छौँ, त्यही ठिक छ भन्ने ढंगले हुँदैन, केही न केही समस्या छ, त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ,’ उनले भने ।

उनले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सबीचको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । ‘क्यान र नेपाल एयरलाइन्सबीचको सम्बन्ध पनि कसरी हो हामीले सुधार गर्नुपर्नेछ । क्यान नियमनकारी संस्था हो, यो सेवा प्रदायक संस्था हो । तर, क्यान सेवा प्रदायक संस्था पनि हो । सेवा प्रदायक संस्था पनि भएको कारणले सेवा दिने दुई संस्थाको बीचमा सहकार्य र हार्दिकता नहुने हो भने काम गर्न निकै अप्ठेरो पर्छ । आगामी दिनमा थप छलफल, परिणाममुखी छलफल र प्रतिफलमुखी छलफल गरेर हामी जान्छौँ,’ उनले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया