समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता सम्पन्न भएको छ। भेटघाटका क्रममा दुई देशबीचको सम्बन्ध र परस्पर फाइदाजनक विभिन्न विषयहरूमा विचार-विमर्श भयो।
उक्त अवसरमा प्रतिनिधिसभाका सदस्य तथा वरिष्ठ उद्योगपति विनोद चौधरीको उपस्थिति पनि रहेको थियो। पुस १३ गते निजी भ्रमणका लागि नेपाल आएका श्रीलङ्काका पूर्व प्रधानमन्त्री विक्रमासिङ्घे आफ्नो भ्रमण पूरा गरी आज स्वदेश प्रस्थान गर्दै छन्।