समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन बुधबार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको सुन, आज छापावाल प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ५१ हजार सात सय रुपैयाँमा बिक्री भइरहेको थियो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा रहेको चाँदी, बिहीबार २५ रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।