Deneme Bonusu Veren Siteler
आइतबार, पौष २१, २०८१
Sunday, January 5, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। जसका कारण तराईका अधिकांश क्षेत्रमा हुस्सु देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहनेछ।

आज राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली हुने सम्भावना छ। अन्य स्थानहरूको मौसम प्रष्ट रहने अपेक्षा गरिएको छ।

शुक्रबार बिहान तराईका क्षेत्रहरू र काठमाडौं उपत्यकामा पनि बाक्लो हुस्सु लाग्न सक्ने सम्भावना विभागले जनाएको छ। यसले जनजीवन, स्वास्थ्य, यातायात र हवाई सेवामा असर पुर्‍याउन सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया