Deneme Bonusu Veren Siteler
शनिबार, पौष २०, २०८१
Saturday, January 4, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एकता अभियानका संयोजक र राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउने सहमति बनेको छ। बुधबार आलोकनगरस्थित पार्टी मुख्यालयमा अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूबीच भएको छलफलपछि गौतमले पार्टी एकता नजिक पुगेको बताएका छन्। सञ्चारकर्मीले कहिले एकता हुन्छ भनेर सोध्दा उनले, ‘छिट्टै नै हुन्छ, धेरै समय लाग्दैन। समझदारीको प्रक्रिया जारी छ,’ भने।

नेता गौतमलाई एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने सहमति भएको छ। यद्यपि, गौतमसँगै आउने अन्य नेताहरूलाई दिने भूमिकाबारे भने अझै छलफल जारी छ। गौतम निकटका नेताहरूले पार्टी प्रवेशलाई मात्र सीमित नराखी पार्टी एकीकरण गर्न चाहेको र त्यसक्रममा केन्द्रीय कमिटीसहित सम्मानजनक स्थानको माग गरेको स्रोतले जानकारी दिएको छ।

 

 

तपाईको प्रतिक्रिया