Deneme Bonusu Veren Siteler
शनिबार, पौष २०, २०८१
Saturday, January 4, 2025

काठमाडौं – नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् ।

रावलले ओलीका कारण अन्तर्राष्ट्रिय सम्बन्ध पनि फितलो बनाइएकोमा आपत्ति जनाए । एमालेबाट निकालिएपछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै रावलले ओलीप्रति आक्रोश पोखेका हुन् । अहिले देश र जनताको अवस्था दयनीय बनाइएको पनि उनले बताए । सत्ताको बागडोर सम्हालेकाहरूले भ्रष्टाचारलाई बढावा दिने काम गरिरहेको उनको आरोप छ ।

एमालेलाई बिगार्ने र विभाजन गर्न खोज्नेलाई मात्रै ओलीले अवसर दिएको बताउँदै उनले पार्टी बनाउनेलाई सदस्यबाट निकालेको रावलले गुनासो गरे । आफूलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय ओलीले आफूप्रति गरेको चरम प्रतिशोधको एउटा उदाहरण भएको उनको भनाई छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया