समाचार सुन्नुहोस :
काठमाडौँ – जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाउँदै विशेष र्याली र कोणसभा आयोजना गरेको छ। विद्यार्थी जनमत संघ र युवा जनमत संघको संयुक्त पहलमा धोती दिवस मनाइएको हो।
उनीहरूले धोतीलाई आफ्नो पहिचानको प्रतीक मान्दै, यस आधारमा हुने कुनै पनि प्रकारको भेदभाव अस्वीकार्य रहेको धारणा व्यक्त गरेका छन्।त्यस्तै, उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने माग राख्दै धोती संस्कृतिको संरक्षणका लागि जागरुकता फैलाउने आह्वान पनि गरेका छन्।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसहित पार्टीका अन्य प्रमुख नेताहरूको सहभागिता रहेको थियो। माइतीघरमा भएको प्रदर्शन र कोणसभा पार्टीले धोती संस्कृतिप्रति जनचेतना बढाउने प्रयासका रूपमा सञ्चालन गरेको बताइएको छ।