समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त नयाँ राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पोर्चुगल, मलेसिया, दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नेपाल सरकारद्वारा नियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।
पोर्चुगलका लागि प्रकाशमणि पौडेल, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र डेनमार्कका लागि सुम्निमा तुलाधरले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।