काठमाडौं – दुई हप्तामै तीन पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको साहसी खेलाडीको सूचीमा परेकी छिन् । फोटोपत्रकारसमेत रहेकी पूर्णिमा सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।
एकै सिजनमा तीन पटक सगरमाथा चढ्ने उनी विश्वकै पहिलो महिला आरोही हन् । उनले गत मे १२, १९ र २५ मा लगातार सगरमाथाको आरोहण गरेकी थिइन् । श्रेष्ठ सातौँ अग्लो हिमाल धौलागिरी चढ्ने पहिलो नेपाली महिला पनि हुन् । उनले सन् २०२१ मा पासाङ लाह्मु शेर्पा अकितासँग धौलागिरी आरोहण गरेकी हुन् ।
सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले गौरवान्वित महसुस गरेको बताएकी छन् ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.