Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनाको सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा मंगलबार उनीहरूको बयान प्रक्रिया पूरा भएको हो। बयान दिने अन्य व्यक्तिहरूमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ सामेल छन्।

बयानपछि, मंगलबार दिउँसो २ बजेदेखि थुनछेक बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। बहसको क्रममा पहिलो चरणमा सरकारी वकिलले अभियोजन पक्षको तर्फबाट तर्क प्रस्तुत गर्नेछन्। त्यसपछि प्रतिवादी पक्षले बहस गर्नेछ र अन्त्यमा अभियोजन पक्षले जवाफी बहस गर्नेछन्। त्यसपछि थुनछेक आदेश जारी हुनेछ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ। सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा पनि थपिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया