Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोलीले आठ वर्ष लामो कानुनी प्रक्रिया पछि औपचारिक रूपमा सम्बन्ध विच्छेद गरेका छन्। पिपल म्यागेजिनका अनुसार यो जोडीले आफ्ना शर्तहरूमा सहमति जनाउँदै गत ३० डिसेम्बरमा सम्बन्ध विच्छेदका कागजातमा हस्ताक्षर गरे।

‘आठ वर्ष पहिले जोलीले पिटसँग सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी थिइन् । उनी र छोराछोरीले पिटसँग साझेदारी गरेका सबै सम्पत्ति छाडेका थिए । त्यस समयदेखि परिवारका लागि शान्ति र उपचारमा ध्यान केन्द्रित गरिन्,’ जोलीका वकील जेम्स साइमनले एक विज्ञप्तिमा भने । यो विवाद २०१६ मा निजी विमानमा भएको झगडापछि सार्वजनिक भएको थियो। उक्त झगडामा पिटले एक बच्चालाई अनुहारमा चोट लाग्ने गरी हिर्काएको जनाइएको छ। जोलीलाई पनि दुर्व्यवहार गरेको आरोप लागेको थियो।यो घटनाले जोडीलाई विश्वभर चर्चा गराएको थियो।

त्यसयता, दुवै पक्षबीच सम्पत्ति र व्यक्तिगत विषयहरूलाई लिएर विवाद भइरहे। पिटले जोलीलाई आफ्नो वाइनरीको हिस्सेदारी बेच्न रोक्ने प्रयास गरेको आरोप पनि लगाइएको थियो। अब, आठ वर्ष लामो कानुनी लडाइँ समाप्त भएपछि उनीहरू आ-आफ्नो जीवनतर्फ अगाडि बढ्ने क्रममा छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया