Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ। यो संवत् जिजस क्राइस्टलाई फाँसी दिएपछि प्रारम्भ भएको मानिन्छ। पोप ग्रेगोरियनले जुलियन पात्रो प्रतिस्थापन गर्दै यो नयाँ पात्रो लागू गरेपछि यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रोको सुरुवात रोमी शासक जुलियस सिजरले गरेका थिए। तर, यो पात्रोलाई वैश्विक मान्यता दिन धेरै समय लाग्यो। रसियाले त २०० वर्षपछि मात्र यो पात्रोलाई स्वीकार गरेको ज्योतिषविद् डा. खिलानाथ बस्ताकोटी बताउँछन्।

नेपालमा इस्वी संवत् प्रचलनमा नरहे पनि यहाँ भ्रमण गर्ने विदेशीहरूले यसलाई प्रयोग गर्छन्। पछिल्ला वर्षहरूमा नेपालका केही स्थानहरूमा समेत इस्वी संवत्को नयाँ वर्ष उत्सव मनाउने गरिएको छ।

विशेषगरी विदेशी पर्यटकको रोजाइका काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा र लुम्बिनीलगायतका स्थानहरूमा ‘न्यू इयर इभ’ को धूमधामले वातावरण रमाइलो बनाउँछ। मंगलबार बेलुकी नै राजधानीका ठमेल, बौद्ध, स्वयम्भू र नयाँ सडकजस्ता क्षेत्रमा उत्साहजनक चहलपहल देखिन्थ्यो।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया